२९ लाख अमेरिकी डलरमा मोडलको कुमारित्व भङ्ग

लसएञ्जलस । अमेरिकन मोडलले अध्ययन र भ्रमण खर्चको लागि आफ्नो कुमारीत्व २९ लाख अमेरिकी डलरमा बेचेको बताएकी छिन् ।

१९ वर्षीया अमेरिकी मोडल गिसेलाले २९ लाख अमेरिकी डलरमा आफ्नो कुमारीत्व बेचेको उक्त रकम आफ्नो अध्ययन र भ्रमण खर्चमा प्रयोग गर्नै बताएकी छिन् ।

जर्मनको कम्पनीमार्फत उनले आफ्नो कुमारीत्व २५ लाख यूरोमा बेचेकी हुन् । द मिररका अनुसार ती युवतीको कुमारित्व लिलामीमा अबुधाबिका एक ब्यापारीले ४ लाख अमेरिकी डलर प्रस्ताव गरेका थिए ।

एकजना हलिउड कलाकार र अर्का रुसी नेताले त्योभन्दा बढी रकम तिर्न तयार भएका थिए ।

कुमारीत्व लिलाम भएपछि गिसेलाले भनेकी छन्, ‘मेरो विचारमा कुमारित्व लिलाम गर्ने चलन स्वतन्त्र उपाय हो । यो समाजिक र आर्थिक स्वतन्त्रताको उपयोग पनि हो ।’ उनले कुमारीत्व लिलाम गर्ने अवसरको विरोध गर्ने मानिसहरूदेखि झट्का लाग्ने गरेको बताइन् ।

गिसेला भन्छिन्, ‘म पहिलोपटक कुनै ब्यक्तिसँग जान चाहान्छु जुन मरो पहिलो प्रेम होइन, त्यो मेरो निर्णय हो ।’

उनले आफ्नो कुमारित्वको यति धेरै रकम आउँछ भन्ने कुरा सोचेकी थिइनन् । उनले सार्वजनिक गरेको भिडियो दृष्यमा कुमारित्व लिलाम गर्ने विचार आफ्नो निजी भएको बताएकी छन् ।

कम्पनीले यसैवर्षको सुरुवाततिर १८ वर्षीया रोमानियन मोडल एलेक्ज्यान्ड्रा खेफ्रेनको कुमारित्व २३ लाख यूरोमा हङकङका एक व्यापारीलाई लिलामीमा बेचेको जनाएको थियो ।

तपाईंको प्रतिकृयाहरू