मेस्सीले यो पेनाल्टी मिस गर्दा अर्जेन्टिना जितबाट वञ्चित, हेर्नुहोस मेस्सीको यो पेनाल्टी (भिडियो)

अर्जेन्टिनी सुपरस्टार लियोनेल मेस्सीले खेलको ६४ औँ मिनेटमा पाएको पेनाल्टी मिस गर्दा अर्जेन्टिना समूह डीको पहिलो खेलमा जितबाट वञ्चित भएको छ। पहिलो पटक विश्वकप खेल्दै गरेको आइसल्यान्डले अर्जेन्टिनालाई १-१ गोलको बराबरीमा रोक्न सफल भएको छ।


खेलको १९ औँ मिनेटमा सेर्गियो अगुएरोले गोल गरी अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। तर यो अग्रता चार मिनेट पनि टिकेन। अल्फ्रेओ फिनबोगासनले २३ औँ मिनेटमा गोल गरेपछि मध्यान्तरसम्म खेल १-१ को बराबरीमा टुङ्गियो। मध्यान्तरपछि पनि स्कोरलाइनमा कुनै प्रगति भएन।

पेनाल्टी बक्समा मेस्सीलाई लडाएवापत ६४ औँ मिनेटमा पाएको पेनाल्टीलाई मेस्सीले गोलमा परिणत गर्न चुक्दा अर्जेन्टिना निराश हुनुपर्‍यो।

अर्जेन्टिनाले प्रयास भने नगरेको हैन। ६ वटा बल अन टार्गेटमा थिए। मेस्सी एक्लैका १० वटा प्रयास ब्लक भए। कर्नरसमेत उसले १० वटा पाएको थियो जबकि आइसल्यान्डले दुई वटा मात्रै पाएको थियो। ७३ प्रतिशत बल अर्जेन्टिनाले कभर गरेको थियो।

तपाईंको प्रतिकृयाहरू